भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

१३ असोज, धनुषा। प्रहरीले ४ वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा काकालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई भतिज हत्‍या आरोपमा पक्राउ गरेको हो ।

रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि कारबाही तथा आवश्‍यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?