देशभर कोरोनाबाट थप एक जनाको मृत्यु, ११० जनामा संक्रमण पुष्टि

काठमाडौंः शुक्रबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर २ हजार ६२ जना कोरोना संक्रमित रहँदा शुक्रबार १२६ जना निको भएका छन्।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?