काठमाडाैं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मतदाताको संख्या सार्वजनिक गरेको हो। निर्वाचन घोषणा भएको मिति २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला आयोगमा दर्ता भएका छन्।
९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली स्वीकृत भएको हो। आयोगले उक्त अन्तिम नामावली शुक्रवार स्वीकृत गरेका हो ।
१० हजार ८ सय मतदान स्थल
आगामी प्रतिनिधि सभाका लागि आयोगले १० हजार ८ सय ९१ मतदानस्थल ताकेको छ। २२ हजार २ सय २६ वटा मतदानकेन्द्रबाट मतदान सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरी सबैभन्दा बढी मतदाता भएका जिल्लामा मोरङ, झापा र काठमाडौं रहेका छन्। सबैभन्दा कम मतदाता भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा सबैभन्दा धेरै मतदाता भएको प्रदेशमा बागमती प्रदेश, प्रदेश नं. १ र मधेश प्रदेश रहेको छ। कम मतदाता भएको प्रदेशमा कर्णाली, सुदुर पश्चिम र गण्डकी परेको छ।