सौच गर्न गएका सशस्त्र प्रहरीको जवान रुखमा झुन्डिएको अवस्था भेटियो ।


 सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रूखमा झुण्डिएको अवस्थामा फेला परेको छ । सिराहा नगरपालिका–२१, लगडीगोठ बिओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका–३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला पासो लगाएको अवस्थामा भेटिएको हो ।

सशस्त्र प्रहरी बल ७ नम्बर गण हेडक्वार्टर सिराहाका अनुसार शव रूखमा झुण्डिएको अवस्थामा फेला परेकाले थप अनुसन्धानको निम्ति नेपाल प्रहरीलाई जिम्मा दिइएको छ ।

श्रेष्ठको शव आज बिहान सबेरै भेटिएको हो । उनी एकाबिहानै साथीहरूसँगै ड्युटीमा निस्किएका हुन् । त्यसपछि ‘सौच’ गर्न रुख भएको ठाउँमा गएको बताइएको छ । सौचबाट नफर्केपछि खोज्ने क्रममा उनी झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?