मधेश प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य शुरू भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ मा हाल सञ्चालित जनकपुरधाम बसपार्क अस्तव्यस्त भएपछि सोही बसपार्कलाई आधुनिक सुविधायुक्त नमूना बसपार्क निर्माण गर्न लागिएको हो । मधेश प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य शुरू भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ मा हाल सञ्चालित जनकपुरधाम बसपार्क अस्तव्यस्त भएपछि सोही बसपार्कलाई आधुनिक सुविधायुक्त नमूना बसपार्क निर्माण गर्न लागिएको हो ।संस्थाको स्वामित्वमा रहेको चार बिघा क्षेत्रमा निर्माण हुन लागेको बसपार्क निर्माणका लागि बोलपत्रमार्फत श्री नागार्जुन/हेम/सावित्री जेभी जनकपुरधाम–४ ले ठेक्का लिएको छ ।
भ्याटसहित कूल रु १० करोड २८ लाख ६६ हजार चार सय ३९ को लागतमा निर्माण हुन लागेको बसपार्क आगामी १५ महिना अर्थात् २०८० पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख खनालले बताए । दुई चरणमा निर्माण गरिने बसपार्कभित्र प्रथम चरणमा सार्वजनिक शौचालय, टिकट काउन्टर तथा चमेनागृह, तीन वटा वेटिङ सेट, एक सय २५ वटा बस स्थायी पार्किङ यार्ड, २५ वटा कार तथा ५० मोटरसाइकलको अस्थायी पार्किङ, एक दशमलव ५० मिटर चौडाइ र दुई हजार दुई सय मिटर लामो फुटपाथ निर्माण गरिने जनाएको छ ।
यस्तै बसपार्कभित्र डाइरिङ सिस्टमको दुई फिट व्यास, आठ सय ६० मिटर ह्युम पाइप राख्नाका साथै आठ हजार आठ सय १६ दशमलव ०५ वर्गमिटरको आरसिसी पार्किङ यार्ड तथा आगमन–प्रस्थानका लागि आठ हजार सात सय ४९ दशमलव १६ वर्गमिटरको सडक निर्माण र बसपार्कभित्र एक सय ६० वटा वृक्षरोपणसमेत गरिने योजना रहेको संघीय आयोजना कार्यान्वयन इकाइ जनकपुरधामका सूचना अधिकारी इन्जिनियर लक्ष्मण यादवले जानकारी दिए ।
यस्तै बसपार्क निर्माणको दोस्रो चरणमा पसल, रेस्टुरेन्ट, कार्यालय, आगन्तुक आवाससहितको बहुउद्देशीय चारतले भवन तथा ग्यारेज निर्माण गरिने योजना रहेको इन्जिनियर यादवले बताए ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगरी जनकपुरधाममा नेपालसँगै छिमेकी मुलुक भारतको विभिन्न शहरबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लिएर आउने बसहरू सोही बसपार्कबाट छुट्ने गरे पनि ठाउँ साँघुरो हुँदा पार्किङमा समस्या हुँदै आएको छ । तर, पछिल्लो पटक आधुनिक र सुविधायुक्त बसपार्क निर्माण हुन थालेपछि बस व्यवसायी मात्र होइन, स्थानीयसमेत खुसी भएका छन् । रासस
