मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,०६ असोज : मकवानपुरमा बिहीबार अपरान्ह यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

भीमफेदी गाउँपालिकाको जुरिखेतमा अपरान्ह करिब साढे ३ बजेको समयमा बा ३ ख ७८५८ नम्बरको बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरी टोलीले घाइतेको उद्दार गरी उपचारको लागि पठाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको गौतमले बताए।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा।३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्ती ओरालोमा दुर्घटना भएको हो। ’६ जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते करिब १८÷२० जना नै छन्। उनीहरुलाई २र३ वटा गाडीमा हालेर उपचारका लागि पठाएका छौं’, गौतमले भने, ’अरु विवरण आउन बाँकी छ। हामी उद्दारमै छौं।’ साभार : नागरिक

 

The post मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?