ठोरीको बाघमोर्चामा दशैंकप फुटबल हुने

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज,२८ भदाैं : पर्साकाे ठोरी गाँउपालिका वडा नंबर ५ बाघमोर्चामा विजया दशमीकाे उपलक्ष्यमा “ठूलो बाघमोर्चा तेस्रो गोल्डकप फुटबल प्रतियोगिता -२०७९” हुने भएको छ ।

ठाेरी युथ भिजन फाउन्डेसनले आगामी असाेज ५ गते देखि फुटबल प्रतियोगिता आयाेजना गर्न लागेकाे जानकारी गराएकाे हाे ।

ठोरी र जीराभवानी गाउँपालिकाको वडा स्तरीय टीमले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ ।

असोज ५ गते सुरु भइ असोज १८ गते ठूलो बाघमोर्चा खेल मैदानमा हुने प्रतियोगिताकाे उपाधी विजेता टीमले नगद ५५ हजार र उपविजेता टीमले नगद ३१ हजार रुपैया पुरस्का पाउनेछन् । त्यस्तै प्रतियाेगिताकाे उत्कृष्ट खेलाडीले नगद ५ हजार , सर्वाधिक गाेलकर्ताले नगद ५ हजार र उत्कृष्ट गोलरक्षकले नगद ३ हजार ५ सय रुपैया पाउने आयोजकले जनाएको छ ।

The post ठोरीको बाघमोर्चामा दशैंकप फुटबल हुने appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?