बारा २ असोज / विश्रामपुर गाउँपालिकाको प्रगाढमा १७ जना कुस्ती खेलाडीलाइ ट्र्याकसुट र टीका फुलको माला लगाएर प्रादेशिक कुस्ती खेलन जनकपुर तिर बिदाइ गरेकाछन । बिदाइ कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख प्रहरी उपरीक्षक होगेन्द्र बोगटी ले खेलाडीहरु देशकै गहना हुन भनेर खेलाडीहरुको उच्च मनोबल बढाउँदै फुलको माला र टीका लगाएर स सम्मान गरेर शुभकामना दिएकाहुन । बिदाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैर भाइ ) " प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा " लेखा प्रमुख बजरंगी जैसवाल " कृष्ण साह ( उपाध्यक्ष को श्रीमान ) वडा अध्यक्षहरु कार्यपालिका सदस्य बिओपी बरैनियाको सशस्त्र प्रहरी प्रमुख सुमन ढुगांना प्रहरी चौकी मुसहर्वाको वरिष्ठ साइ रोशन अधिकारी लगाएतले खेलाडीहरुलाइ फुलको माला र टीका लगाएर सम्मान तथा बिदाइ गरेकाथिए । खेलाडीहरु कोच ब्रहमदेव यादवसंग जनकपुर प्रस्थान गरेकाछन ।
