सरकारले भन्सार शुल्क घटाए पनि वीरगन्जका व्यपारीले बढेकै मुल्यमा खाने तेल बेच्दै

मधेसखबर
वीरगन्ज ,०२ असोज : सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पनि वीरगन्जको बजारमा भने खाने तेलको मल्य भने घटेको छैन ।

सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएपछि एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको नेपाल खुद्रा व्यापार संघले दाबी गरेको छ । तर वीरगन्जको बजारमा भने खाने तेलको मुल्य नघटेको उपभोक्ताहरुको भनाइ छ ।

संघका अनुसार एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४५ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको संघको दाबी छ ।

तर वीरगन्जका पसलहरुमा भने व्यपारीलले बढेकै मुल्यमा खाने तेल बिक्री गरिरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।नेपाल खुद्रा व्यापार संघले भने खानेतेलको मूल्य पुरानै सार्वजनिक गरेको छ । संघले शुक्रबार पठाएको विवरण अनुसार तोरीको तेलको मूल्य प्रतिलिटर मूल्य ३७०, भटमासको तेलको मूल्य २५५ रुपैयाँ र सूर्यमुखी तेलको मूल्य २९५ रुपैयाँ रहेको उल्लेख छ ।

सरकारले २३ भदौमा राजपत्र जारी गर्दै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको थियो । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई पनि बढाएर सरकारले ९० प्रतिशत पु¥याइदिएको थियो ।

तर नेपाल वनस्पति घ्यु तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको बताएको छ । संघका अध्यक्ष सन्दीप अग्रवालका अनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजार पनि घटेको अध्यक्ष अग्रवालले बताए ।

यता वीरगन्जको बजारमा खुद्रा पसलेले भने बढेकै मुल्यमा तेल बिक्री गरिरहेको भएपनि यसको अनुगमन गर्ने सरकारी निकायले कुनै वास्ता नगरको यहाका उपभोक्ताहरुको गुनासो छ ।

The post सरकारले भन्सार शुल्क घटाए पनि वीरगन्जका व्यपारीले बढेकै मुल्यमा खाने तेल बेच्दै appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?