गठबन्धन भित्र सिट बाँडफाटको अझै टुङ्गो लागिसकेको छैन : उपेन्द्र यादव

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१३ असोज : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनभित्र सिट बाँडफाटको टुङ्गो नलागेको बताएका छन् ।

विभिन्न मिडयामा गठबन्धन बिच पर्सा सहित दशेभर सिट भागबण्डाको टुङगो लागिसकेको समाचार आइरहेका बेला बिहीबार दिउँसो धनुषाको यदुकहामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने गठबन्धनभित्र सिट बाँडफाटको टुङ्गो नलागेको खुलाशा गरेका हुन् ।उनले भने ,‘ गठबन्धन भित्र सिट बाँडफाँडको अन्तिम टुङगो लागि सकेको छैन , हामी निर्णायक छलफलमै छौ ।

उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ आफ्नै पार्टीले पाउने दावी पनि गरे ।उनले जसपा र छाता छापलाई विजयी बनाउने अभियानमा जुट्न कार्यकर्ताहरुलाइ निर्देशन दिए । उनले भने ,‘ चुनावमा जसपालाई कसैको वैशाखी चाहिएको छैन, तर सिट तालमेलको लागि पनि खुल्ला छौ ।

उनले मधेसी जनताको बलिदानीले नै मधेसले अधिकार, अवसर र पहिचान प्राप्त गरेको बताए ।मंसिर ४ गते हुन लागेको निर्वाचन जसपाको लागि संघर्ष नै भउको उनले बताए । अहिले उपलब्ध राजनीतिक उपलब्धी रक्षाको लागि मधेशी, दलित र महिलासँग हुने विभेद अन्त्यको लागि जसपाले अहिले पनि संघर्ष गरिरहेको उनले बताए ।

The post गठबन्धन भित्र सिट बाँडफाटको अझै टुङ्गो लागिसकेको छैन : उपेन्द्र यादव appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?