आउँदै गरेको मनसुन तथा विभिन्न प्रकारका प्राकृतिक एवं मानवजन्य विपद्हरूलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम सुरु भएको छ।सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा वीरगञ्ज महानगरपालिकाको संयोजनमा तिन दिने "विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम" सुरु भएको हो। वीरगञ्ज महानगरपालिका कार्यालयको सभाहलमा मिति २०८३।०३।०२ गते बिहान ०९:०० बजेदेखि तालिमको औपचारिक सुरुवात गरिएको थियो ।दुई कार्य दिनसम्म सञ्चालन हुने यस विशेष पुनर्ताजगी तालिममा स्थानीय समुदायका ३० जना प्रशिक्षार्थीहरू सहभागी रहेका थिय।
तालिम अवधिभर सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरूले विपद् व्यवस्थापन, प्राथमिक उपचार, र खोजी तथा उद्धार कार्यका विभिन्न सीपहरू सिकाईएको थियो । सो तालिमको समापनमा प्रमुख अतिथिको रुपमा बिरगंज माहानगरपालिका कार्यालयको प्रमुख प्रशासकिय अधिकृत बसन्त बहादुर बोहरा पाल्नुभएको र उक्त कार्यक्रममा नं.१३ गण पर्साका गणपति स.प्र.उ मोहन बहादुर क्षेत्रि लगायत अन्य अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
यस तालिमले वीरगञ्ज क्षेत्रमा हुन सक्ने सम्भावित विपद्जन्य क्षतिलाई न्यूनीकरण गर्न र जनधनको रक्षा गर्न ठूलो मद्दत पुग्ने विश्वास सशस्त्र प्रहरी बल नेपालले लिइएको , सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा सुचना अधिकारी स.प्र.ना.उ.मोहनराज निरौलाले जानकारी दिए ।

