सशस्त्र प्रहरी बल बिरगंज गुल्म र भिखमपुर गुल्मको संयुक्त अप्रेसन, १४ लाख ११ हजार बराबरको कपडा र किरान समान बरामद ,




  

पर्सा २६ बैशाख / सशस्त्र प्रहरी बल पर्साको गुल्महरुले  विभिन्न ठाउहरुमा छापमारी गरि १४ लाख ११ हजार बराबरको अवैध कपडा र किराना समानहरु बरामद गरेकाछन । विशेष सुचनाको अधारमा बिरगंज गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक बिकास अधिकारी, बिरगंज भन्सार कार्यालयको संयुक्त टोलीले 

 नकटुवा विर्ताटोलको  गोठमा भन्सार छलि चोरी पैठारी भण्डारण गरी राखेको छ भन्ने विशेष सुचनाको आधारमा  छापामारी गरी  रु.११,७५,५००।-बराबरको १७ पोका कपडा बरामद गरी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको । साथै जिल्ला पर्सा जिराभवानी गाँउपालिका.०१ बलुवा स्थित सीमा ईलाका नजिकै रहेको  कच्ची घरहरुमा भारतबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई नेपाल भित्राईएको किराना सामानहरु भण्डारण गरी राखिएको छ भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. भिखमपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक . सुमन बोगटीको कमाण्ड ,  प्रहरी चौकी बलुवा र विरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले खानतलासी गरी मुल्य रु २,३५,५००।– बराबरको किराना सामानहरु बरामद गरी विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको , सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?