पर्सा जिल्लामा फागुन १५ देखि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुन्जेलसम्म मदिरा बिक्रीमा निषेध,

वीरगंज, १४ फागुन । पर्सा जिल्लामा निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री बितरण र सेवन गर्न निषेध गरिएको छ ।

बिहीवार जिल्ला प्रशासन कार्यालय, पर्साले प्रेस विज्ञप्ति जारी गरी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवन निषेध गरिएको जनाएको छ ।

पर्सा जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन निर्वाचन आयोग, नेपालद्वारा प्रकाशित विज्ञप्ति, गृह मन्त्रालयबाट प्राप्त निर्देशन र जिल्ला सुरक्षा समितिको फागुन १४ गतेको निर्णयानुसार फागुन १५ गते देखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म पर्सा जिल्ला भित्र मादक पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाईएको जनाएको छ ।

कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा बिकी वितरण र सेवन गरेको पाईएमा प्रचलित कानून वमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी गराएका छन् ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?