पर्सा १९ माघ / प्रेस सेन्टर नेपाल पर्सा र समाजवादी प्रे
स संगठन पर्साको आयोजनामा पर्सा निर्वाचन क्षेत्र नं. १ देखि ४ सम्मका प्रतिनिधिसभा उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार सिए अजय चौरसिया, क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मनोज पटेल र छोटेलाल यादव तथा क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारु लगायत केन्द्रिय सदस्य तथा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे, पर्सा जिल्ला अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु सुमन लगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा उपस्थित वक्ताहरूले निर्वाचनको वर्तमान अवस्था, प्रचार–प्रसारको रणनीति तथा पत्रकार र राजनीतिक दलबीचको सहकार्यका विषयमा आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा सहभागी सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्सा क्षेत्र नं. १ देखि ४ सम्मका उम्मेदवारहरूलाई विजयी गराउने विषयमा छलफल तथा परिचर्चा गरिएको थियो।

