सशस्त्र प्रहरी वल नेपाल पर्साद्वारा ROTARY CLUB OF BIRGUNJ संगको सहकार्यमा न्यानो कपडा वितरण



पर्सा २७ पुस / 






"२५ औ सशस्त्र प्रहरी दिवस २०८२" को अवसरमा सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमावासीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले ROTARY CLUB OF BIRGUNJ संगको सहकार्य र सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साको आयोजनामा पर्सा जिल्ला अन्तर्गत रहेका बिभिन्न पालिकाका २०३ विपन्न घरपरिवारलाई न्यानो कपडा (पोलार) बितरण गरिएको।


कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्साका गणपति सप्रउ पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा बिभिन्न वडाका वडा अध्यक्षहरु सहित जन प्रतिनिधिहरुद्वारा सीमा सुरक्षा गुल्म हे.क्वा.अलौको प्राङगणमा बीरगञ्ज म.न.पा.- १७ का ३४ विपन्न घरपरिवार ,  बिओपि अमरपट्टीको प्राङ्गणमा  बिन्दवासिनि गा.पा.३,४ र ५ का ३७ विपन्न घरपरिवार,  बिओपि पिडारीगुठ्ठीको प्राङ्गणमा जगरनाथपुर गा.पा.-१ का १६ विपन्न घरपरिवार,  बिओपि भिष्वाको प्राङ्गणमा छिपहरमाई गा.पा. ३, ४ र ५ का ७१ विपन्न घरपरिवार, बिओपि महादेवपट्टीको प्राङ्गणमा जिराभवानी गा.पा.-१ का १५ विपन्न घरपरिवार,  सीमा सुरक्षा गुल्म  हे.क्वा. भिखमपुरको प्राङ्गणमा धोविनी गा.पा.-२ र जगरनाथपुर गा.पा.-२ का ३० विपन्न घरपरिवारहरुलाई न्यानो कपडा (पोलार) बितरण गरिएको सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्साका सुचना अधिकारी स.प्र.ना.उ.मोहनराज निरौला जानकारी दिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?