पर्सा २७ पुस / सशस्त्र प्रहरी बल नेपालको स्थापना दिवसको अवसरमा दलित बस्तीमा न्यानो कपडा वितरण लगाएत विभिन्न कार्यक्रम गरि मनाएकाछन ।
सशस्त्र प्रहरी बल न १२ गण हेडक्वाटर बाराले सशस्त्र प्रहरी दिवस २५ औ स्थापन दिवसको अवसरमा पचरौता नगर पालिकाको वडा न १ हरपुरमा रहेका दलित बस्तीमा १२५ जना बालबालिकामा न्यानो कपडा वितरण गरिएकोछ । साथै श्री दलित प्राथमिक बिधालयलाई रंगरोंगन गरिएछ ।
सशस्त्र प्रहरी बल न १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले उक्त बस्तीका बालबालिको लागि खानाको समेत ब्यवस्थापन गरिएथियो । कार्यक्रममा पचरौता नगरपालिकाको नगर प्रमुख जलन्धर सिंह जैसवाल , सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म पिरपातिका गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक नवीन अधिकारी , बिओपि गोलागंज , बेलदारी , बेनौलि , र इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख लगायत पचरौता नगरपलिकाका वडा अध्यक्ष पत्रकार स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेकोथियो ।
त्यस्तै कलैया उमनपा-१६ स्थित श्री बिद्यामन्दिर जोगिन्दर सामुदायिक आधारभुत बिधालय मा २५ औँ सशस्त्र प्रहरी दिवशको उपलक्ष्यमा भलिवल, फुटवल, लगायतका खेलकुद सामाग्रीहरु बितरण गरिएहो ।











