नवदीप एकेडेमीको वार्षिकोत्सवमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम

वीरगंज, ३ माघ । नवदीप एकेडेमीको १३औैं वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका–१५ स्थित विद्यालय परिसरमा सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

एकेडेमीका फाउन्डर–डाइरेक्टर सुशीला साह र जोशना गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य इन्जिनियर विशाल साह, कार्यक्रम सञ्चालन नेहा अग्रवाल र स्वरुपा पौडेलले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले वार्षिकोत्सवको  उदघाटन गर्दै प्रमुख अतिथि चौधरीले वार्षिकोत्सवका अवसरमा आज र भोलि आयोजना गरिएका सांस्कृतिक तथा खेलकुद गतिविधिले नवदीप एकेडेमीलाई एक नमुना विद्यालयको रूपमा स्थापित गरेको बताउनुभयो। उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, संस्कृति तथा अतिरिक्त क्रियाकलापमा निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार वर्षभरि सञ्चालन गरिने शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिको उपलब्धि वार्षिक उत्सवमार्पmत अभिभावकहरूले प्रत्यक्ष अवलोकन गर्न पाउने हुँदा बालबालिकाको सिकाइ वातावरण बुझ्न सहज हुने गर्दछ ।

प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामाले अभिभावकहरूलाई बालबालिकाको अत्यधिक मोबाइल प्रयोगप्रति सचेत रहन आग्रह गर्नुभयो। मोबाइलको बढी प्रयोगले विद्यार्थीको अध्ययन र मानसिक विकासमा नकारात्मक असर पार्ने भन्दै उहाँले सन्तुलित प्रयोगमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्याब्सन जिल्ला सदस्य मञ्जु रानाभाट, लायन्स क्लबका बासु तिमल्सिना, श्याम गुप्ता तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईलगायतले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासवारे आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै अभिभावक तथा दर्शकहरूको मन जितेका थिए।

नवदीप एकेडेमीको शैक्षिक गुणस्तर, अनुशासन र बहुआयामिक विकासलाई प्रभावकारी रूपमा उजागर गरेको सहभागी अभिभावक तथा अतिथिहरूको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?