सशस्त्र प्रहरी बल, नेपाल पर्साद्धारा प्रतिबन्धित लागु औषध ७३८ फायल (११०६८ गोटा ट्याब्लेट) नाईट्राभेट (NITRAVET-10) बरामद




पर्सा १० पुष / सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती ईलाकाबाट हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसारका घटनालाई निस्तेज तुल्याउने अभियानलाई तिव्रता दिदै आईरहेको छ। सीमा ईलाकामा कुनै पनि किसिमको अवैध सामाग्री भित्रिन नदिन प्रभावकारी सुरक्षा परिचालन मार्फत कडा निग्रानी राख्दै त्यस्ता सामाग्री भित्रिएमा तुरुन्तै कानुनी कारवाही गर्दै आईरहेको छ। 


लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियान कै रुपमा संचालन गरिरहेको यस सशस्त्र प्रहरी बल नेपाल, पर्साले विभिन्न समयमा पर्सा जिल्लाका विभिन्न स्थानहरुबाट भारी मात्रामा लागुऔषध बरामद गरी सम्बन्धित कार्यालयमा बुझाउदै आईरहेको छ। गत मंसिर महिनामा मात्र विभिन्न स्थानहरुबाट ३२३ के.जी. प्रतिबन्धित गाँजा र पौष ०९ गते विन्दबासिनी गापा-५ प्रसौनिभाठा स्थित धुताहा खोलाबाट १२० के.जी. प्रतिबन्धित गाँजा बरामद गरी नेपाल प्रहरीलाई बुझाएको छ।


सोही क्रममा मिति २०८२।०९।१० गते सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.वीरगंजबाट खटिएको टोलीले जिल्ला पर्सा वीरगंज म.न.पा.-१६ ईनर्वा स्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा बोरा भित्र राखेको ७३८ फायल (११०६८ गोटा ट्याब्लेट) नाईट्राभेट (NITRAVET-10) प्रतिबन्धित लागु औषध फेला पारेकोमा उक्त लागु औपध बरामद गरी आवश्यक कारवाहिको लागि प्रहरी चौकी ईनर्वामा बुझाएको सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्साका सुचना अधिकारी स.प्र.ना.उ.विश्वराज योन्जनले जानकारी दिएँ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?