सशस्त्र प्रहरी उपरीक्षक , भट्ट , लागू औषधको संजाल तोडदै , १२० के जी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरे ।


पर्सा ०९ पुस /सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका गणपति  सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले विशेष अभियान संचालन गरि प्रतिबन्धित लागु औषधको संजाल तोडन सफल भएकाछन । भारतिय सिमा नाकाहरु बाट हुने अवैध कारोबार तथा प्रतिबन्धित लागु औषध गाँजाको ओसार पसार गर्ने गिरोहका संजाल तोडन सफल भएकाछन । सोही क्रममा विशेष सुचनाको अधारमा र उपरीक्षक भट्टले स प्र नि 


दिपेन्द्र प्रकाश मल्ल्काको कमाण्डमा विशेष टोली परिपरिचालन गरि विन्दवासिनी गा.पा.५ प्रसौनिभाठा गाउँ स्थित धुतहा खोलाको किनारमा सशस्त्र प्रहरी बल, नेपाल विओपि प्रसौनिभाठाबाट खटिगएको टोलिलाई देखी केही ब्यक्तिहरुले नेपालबाट भारत तर्फ बोकेर लैजाँदै गरेको ८ वटा प्लाष्टिकको पोका छोडि ब्यक्तिहरु भागि गएकोमा उक्त पोकाहरु खोली हेर्दा १२० के.जी. लागु औषध गाँजा फेला पारेको र उक्त गाँजा नियन्त्रणमा लिई  आवश्यक प्रकृया पुरा गरी आवश्यक  कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएकोछ । यसै गरि गणपति भट्टको  विशेष अभियान अन्तर्गत कैयौ पटक भारी मात्रामा लागू औषध गाजा बरामद गरिसकेकाछन ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?