पर्सा ०४ पुस / सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले जिल्ला पर्सा वीरगंज महानगरपालिका-२५ खलवा नाका स्थित भारतबाट अबैध रुपमा भन्सार छली विभिन्न सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.७,५६,४९०। बराबरको कपडा र कस्मेटिक सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालमा बुझाएको छ ।
साथै आजैको मितिमा सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.वीरगंजबाट खटिएको टोलिले जिल्ला पर्सा वीरगंज महानगरपालिका-२५ खलवा नाका स्थित भारतबाट अवैध रुपमा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. ७,४९,८००।- बराबरको कपडा,किराना,कफिदाना तथा कस्मेटिक सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको ।
सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.अलौबाट खटिएको टोलिले जिल्ला पर्सा विरगंज महानगरपालिका-१७ कोनिया स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ साईकलमा ल्याउँदै गरेको मुल्य रु.१,०२,५७०।- बराबरको किराना र एयरबट बरामद गरि आवश्यक कारवाही लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी स.प्र.ना.उ.विश्वराज योन्जनले जानकारी दिएँ ।
साथै विशेष श्रोतको अनुसार सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चंदा भट्ट लगायत उनका टिम सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र प्रकाश मल्लले अवैध कारोवार, तस्करी नियन्त्रण , लागू औषध बरामदीमा उल्लेख्निय भुमिका निर्वाह गरेकाले
सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर ले उत्कृष्ट अफिसर घोषण गरि इटाली भ्रमणमा पठाउने तैयारी भइरहेको विशेष श्रोतले जानकारी दिएँ ।
