पर्सा ०१ पुष / जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले अवैध हतियार (भरुवा बन्दुक )सहित मानिस पक्राउ गरेको छ । पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ८ सलाप स्थित गोठमा लुकाई छिपाई हातहतियार राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी त्यस तर्फ गस्ती गर्दै जाने क्रममा उक्त गोठमा खानतलासी गर्ने क्रममा मिति २०८२/०८/२८ गते जिल्ला रुकुम (पुर्वि भाग) पुथा उत्तरगंगा गाउँपालिका वडा नं.०८ सलाप स्थित शेर बहादुर थापाको गोठमा ऐ.ऐ.बस्ने शेर बहादुर थापा, ऐ.ऐ.बस्ने यम प्रसाद पुन र ऐ.ऐ.बस्ने कृष्ण बहादुर मल्लले अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा म समेतको प्रहरी टोली खटिगई निजको गोठ रितपुर्वक खानतलासी गर्दा भरुवा बन्दुक थान २, बारुद बनाउन प्रयोग गरिने सेतो रंगको सोडा जस्तो देखिने पदार्थ ५०० ग्राम र प्रयोग नभएको बन्दुकमा प्रयोग हुने केप थान २ र बारुद बनाउन प्रयोग गरिने गन्धक जस्तो देखिने पहेलो मसिनो धुलो पदार्थ ७२ ग्राम फेलापारी सोही गोठमा रहेका शेर बहादुर थापा, यम प्रसाद पुन र कृष्ण बहादुर मल्ललाई तत्कालै जरुरी पक्राउ पुर्जि जारीगरी रितपुर्वक पक्राउगरी यस कार्यालयमा राखि सम्मानित रुकुमकोट जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी लाल बहादुर बि.क. ले जानकारि दिनुभयो । जिल्लामा अवैध हातहतियार खोजतलाश तथा फरार प्रतिवादी पक्राउ गर्न सुक्ष्म रुपमा प्रहरी परिचालन गरिएको प्र.ना.उ. उमाशंकर प्रसाद यादवले जानकारी दिनुभयो ।
