पर्सा १५ मंसिर / सशस्त्र प्रहरी बल बराले विभिन्न समय र स्थानहरुबाट ६ लाख बराबेको अवैध समानहरु बरामद गरेकाछन ।
मिति २०८२।०८।१५ गते अं.०८:४५ बजे समयमा जितपुरसिमरा उ.म.न.पा.-०७ लल्कापुल स्थित बिरगंज-पथलैया सडक खण्डमा सुरक्षा बेश जितपुरबाट स.प्र.ना.उ. खेमराज ठकुल्लाको कमाण्डमा खटिएको टोलीले चेकप्वईन्ट थापि चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि बिरगंज बाट नारायणघाट तर्फ जादै गरेको यात्रुवाहक बसको डिकि भित्र राखि लैजादै गरेको अं. मुल्य रु २,६३,९०० -मुल्य बराबरको थानको कपडा ,फलसिङ्ग लाईट र Airpods Pro(एयरबट) बरामद गरि आवश्यक कार्वाहिको लागि सुरक्षा बेश जितपुरमा राखिएको ।
२. मिति २०८२।०८।१३ गते अं.१९:३०बजे जितपुरसिमरा उ.म.न.पा.-२ निम्वु फारम स्थित रहेको व्यक्ति बसोवास नगरेको टिनले छाएको घरको २ वटा कोठामा बिशेष सुचनाको आधारमा सुरक्षा बेश जितपुरबाट स.प्र.ना.उ.खेमराज ठकुल्लाको कमाण्डमा खटिगएको टोलीले ऐ.स्थित नं. २ वडाका वडा अध्यक्ष धन बहादुर श्रेष्ठ र स्थानियहरुको संयुक्त उपस्थितीमामा उक्त घरमा खानतलासी गर्दा अं. मूल्य रु.२,६२,०००/- बराबरको बेवारिसे अवस्थामा रहेको अं.२६०० लिटर पाम आयल, ग्यास चुल्हो, प्लाष्टिक पाईप र अं.२,०००/- बराबरको 1 वटा साईकल गरी जम्मा मूल्य रु.२६४,०००/- बराबरको सामान बरामद गरि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाईएको ।
१३ गते अं.१३:१० बजे कलैया उ.म.न.पा. १० कटहरिया चोक स्थित नेपाल भारत सीमा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ २ जना ब्यक्तिहरुले टाउकोमा राखी अन्दाजी मूल्य रु. १,२०,०००।- बराबरको कपडा र पटाका बरामद गरिएको ।
बरामद सबै सामान भन्सार कार्यालय बिरगंज बुझाईने प्रक्रियामा रहेका सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक दिपिन देसारले जानकारी दिएँ ।
