सशस्त्र प्रहरी बल, नेपाल र एस.एस.बि., भारत विच बटालियन लेभल वैठक सम्मपन्न ।




पर्सा १४ मंसिर / सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बारामा सीमा सुरक्षा सम्वन्धी वैठक सम्पन्न भएको छ । वैठकमा नेपालको रौतहट, बारा र पर्सा जिल्लाका सशस्त्र प्रहरी बलका प्रमुखहरू एवं भरारतिय सीमा सुरक्षा बल (SSB) का 71, 44 र 47 बटालियनका प्रमुखहरूको उपस्थिति थियो । वैठकमा नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, सीमा स्तम्भको मर्मत रङरोगन, दशगजा क्षेत्रमा हुने लोकल अकुपेन्सि हटाउने, सीमा अपराध नियन्त्रण, तेश्रो देशका नागरिकहरूवाट हुन सक्ने आवतजावत, चोरी तस्करी नियज्त्रण, लागु अौषध ओसारपसार नियन्त्रण जस्ता विषयहरूमा छलफल भई दुवै देशका लोकल देखि बटालियन लेभलका कमाण्डरहरू बिच सूचना समप्रेषण गर्ने विषयमा छलफल भई सम्पन्न भयो

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?