सशस्त्र प्रहरी बल पर्साले ठुलो मात्रामा लागू औषध गाँजा बरामद गरे ।



पर्सा १० मंसिर / सशस्त्र प्रहरी बल, नेपाल  नं. १३  गण हे.क्वा. पर्साले सीमावर्ती ईलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसार-पसारमा कडा निगरानी राख्दै Intelligence Led operation हरु तिब्र रुपमा संचालन गर्दै आईरहेको छ । सोही क्रममा उक्त गणका गणपति सप्रउ पुरन चन्द्र भट्टले लागुऔषध दुर्व्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरु पार्ने यथार्थलाई मध्यनजर गर्दै लागुऔषध नियन्त्रण तथा निष्तेज गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने स.प्र.बल, नेपाल प्रधान कार्यालयको निर्देशन अनुरुप पर्सा जिल्लामा प्रभावकारी रुपमा लागुऔषध नियन्त्रण गर्ने कार्यलाई तिब्रता दिदै आएको छ । सोही क्रममा विशेष सुचनाको आधारमा मिति ९ गते मंगलबार  जिल्ला पर्सा विन्दवासिनी गा.पा. वडा नं. ५ बटसौरा स्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट स.प्र.नि. दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले खेती ईलाकामा परालको कुन्यु भित्र लुकाई छिपाई राखेको २१३ किलो ग्राम (दुई क्वीन्टल तेर्‍ह किलो ग्राम) (२० वटा पोकामा प्याक गरिएको अवस्थामा) गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल न १३गण हे क्वा पर्साले जानकारी दिएँ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?