८ किलो गाँजासहित एकजना पक्राउ

वीरगंज, २६ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
कात्तिक २३ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने खेदु महतो धानुकले सञ्चालन गरेको किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण लगायतको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा  प्रहरीले ८ किलो गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसल पछाडी पट्टी रहेको कोठामा नीलो रंगको प्लाष्टिकको ड्रममा लुकाई छिपाइ राखिएको लागु औषध गाँजा ८ के.जी फेला परेपछि खेदु महतो धानुकलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?