बारा जिल्लाको विभिन्न स्थानहरूवाट रू ५ लाख ९० हजार मुल्य बराबरको भन्सार छलिका अवैध सामानहरू तथा काठ बरामद ।


पर्सा ३१ असोज / सशस्त्र प्रहरी बल बाराको युनिटहरुले विभिन्न सिमानाकाहरुबाट ५ लाख ९० हजार बराबरको


भारतबाट अबैध तरिकाले भन्सार छलि नेपाल भित्र्याउन्दै गरेका अवस्थामा बरामद गरेकाछन । साथै काठ पनि बरामद गरेकाछन ।

. वि.ओ.पि. गोलागञ्जको टोलिले मिति २०८२।०६।३१ गते १४:१५ बजेको समयमा सिम्रौनगढ न.पा. ९ स्थित बसवरिया पिठुवाघाट सिमा ईलाकामा वाट अन्दाजि रू ९७००० बराबरको कपडा र किरानाजन्य सामान नियन्त्रणमा लिईएको ।


. मिति २०८२।०६।३० गते १९:३५ बजेको समयमा कलैया उ.म.न.पा. १० मटिअर्वा स्थित नहर चोकमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वावाट खटिगएको टोलीले यात्रुवाहक अटोहरुलाई रोकी चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अं. मुल्य रु. ५५,०००।– बराबरको २ झोला झिलिमिली बत्ति , झोला भाडावर्तन र १ झोला मोबाईल ब्याक लाईट, 


 २०८२।०६।३१ गते ०७:४५ बजेको समयमा जिल्ला बारा बिश्रामपुर गा.पा. ३ मुसहर्वा डम्पिङ्ग ईलाकामा सोहि टोलीले भारतबाट अबैध रुपमा भन्सार छली १ जना ब्यक्तिले मो.सा. को प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको अं. मुल्य रु. २०,०००।- बराबरको १ कार्टुन कपाल काट्ने मेसिन र १ कार्टुन मोबाईल राख्ने स्टेन र ऐ मिति अं. २०:५० बजेको समयमा कलैया उ.म.न.पा. १० मटिअर्वा स्थित नहर चोकमा सोहि  टोलीले यात्रुवाहक अटोहरुलाई रोकी चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अं. मुल्य रु. ६५,०००।- बराबरको ९ रोल थानको कपडा, २ बोरा रेडिमेड कपडा बरामद गरेको ।


मिति २०८२।०६।२९ गते अं. १७:१५ बजेको समयमा जि.बारा कोल्हवी न.पा.-६ परसौनाबाट पिपरा तर्फ जाने बाटो स्थित पानी बग्ने कुलोमा लुकाई छिपाई राखि बेवारिसे अवस्थामा रहेको अं. मुल्य रु. ४०,८००।– बराबरको अं. २५.५ क्युफिट (४ वटा सिसौको गोलिया) काठ सुरक्षा बेश कोल्हवीवाट खटिएको टोलीले बरामद गरी आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय कोल्विमा बुझाईएको।


. मिति २०८२।०६।३० गते अन्दाजी ११:४५ बजेको समयमा जिल्ला बारा फेटा गा.पा-१ त्रिवेणी चोक स्थित बि.ओ.पि.बरैनिया बाट खटि गएको स.प्र.नि.सन्दिप के.सी.को टोलीले अन्दाजी मुल्य रु.२,०२,३४०/- बराबरको कपडा र मोबाईलको सामानहरु सोहि स्थानमा छाडि ब्यक्तिहरु मो.सा.लिई फरार भएको हुदा कपडा र मोबाईलको सामानहरु नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि बि.ओ.पि. बरैनियामा ल्याई राखेको।


. मिति २०८२।०६।३१ गते अं. ०९:२० बजेको कलैया उ.म.न.पा. १० मटिअर्वा भण्डारी चोक स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वााट खटिई गएको टोलीले अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अं. मुल्य रु. ९०, ०००।- बराबरको ३ बोरा जुता/चप्पल बरामद गरिएको । बरामद गरिएका लक्त अवैध सामानहरू विरगञ्ज भन्सार कार्यालय दाखिला गर्ने सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक  बिपिन देसारले जानकारी दिएँ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?