पर्सा ०१ कार्तिक / सशस्त्र प्रहरी बल बाराको निरन्तर अप्रेसनमा बाराका अवैध कारोबारी खलिबलि मचेकाछन ।
सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिको यो अप्रेसन ले कतिपय बाराबाट पलायन भएकोछ । उपरीक्षक केसीको एक्सनको कारण मातहतका युनिटहरुपनि अप्रेसनमा जुटेकाछन । सोही क्रममा युनिटहरुले विभिन्न सिमा इलाकाहरुमा कडा निगरानीको साथ प्रस्तुति हुन्दै बरामदी अभियानमा लागिपरेकाछन । सोही क्रममा १२:३० बजेको समयमा कलैया उ.म.न.पा. २० बसतपुर ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई आँप घारीमा वेवारिसे अवस्थामा लुकाई छुपाई राखेको अ. मुल्य रु. ३,७५,०००।-बराबरको कपडाहरु प्रस्ताबित सिमा सुरक्षा गुल्म मटिअर्वा बाट स.प्र.ना.नि. दिपेन्द्र राना भाटको कमाण्डमा खटिई गएको टोलीले बरामद गरेकोछ । साथै
अन्दाजी १९:४५ बजेको समयमा बिश्रामपुर गा.पा-३ मुसहर्वा सीमा ईलाका स्थित बिओपि बरैनिया बाट खटिगएको सप्रनि सन्दिप के.सी.को टोलिले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु.४५,५००/- बराबरको ४८पिस सुतीको धोती र ३ पिस कुर्था सुरुवाल सोहि स्थानमा छाडि ब्यक्ति फरार भएको हुदा उक्त धोती र कुर्था सुरुवाल बरामद गरेको ।
१६:३०वजे कलैया ३ स्थित दुर्गा मा.वि. आसपास क्षेत्रवाट अवैध रूपमा भारतवाट ल्याईएका किराना सामाग्रिहरू मो.सा. समेत गरि अन्दाजि मुल्य रू २,११,००० बराबरको सामान गणवाट खटि गएको टोलीले बरामद गरेको ।
बरामद गरिएका सबै सामनहरू आज भन्सार कार्यालय विरगञ्ज दाखिला गर्ने गणपति उपरीक्षक केसिले जानकारी दिएँ ।
