पर्सा १६ असार / गोल्डेनको हत्याको आरोपमा २४ घन्टा भित्र ( दरिन्दे खुखाँर समूह ) का मुख्य आरोपित सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेकाछन । बारा जिल्ला परवानिपुर गाउँपालिका वडा न ९ घर भइ हाल बिरगंज वडा न १० रानिघाट बस्दै आइरहेका गोल्डेन भन्निने बर्ष २० को शिवम साह कानु लाई १४ गते मंगलबारको दिन दशैको मेला हेर्न माइस्थान गएको बेला पुरानो रिस्वीको कारण दरिन्दे खुखाँर नामक समुहले एक्लो भएको मौका छोपी माइस्थान गिता मंदिर सडकखण्डमा गोल्डेन माथि हात मुक्का बाँसका भाठ्ठा प्रहार गरेकाथिए ।
घाइते भएका गोल्डेनलाई स्थानीयले उद्धार गरि अस्पताल पुर्याउने क्रममा बाटोमै उनको मृत्यु भएकोथियो । घटानाको जानकारी पाउनसाथ तत्काल प्रहरी उपरीक्षक सुदिप राज पाठक समेत मातहत वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरिक्षक निरोज चौलागाइको कमाण्डमा खटिएको टोलिले घटना स्थललाई शिज गरि अनुसन्धान कार्य अगाडि बढाएका थिए । उपरीक्षक पाठक घटनाको सुक्ष्म अनुसन्धानबाट प्राप्त प्रमाणहरुको अधारमा विशेष अभियान संचालन गरि घटनामा संलग्न मुख्य आरोपीत सहित २४ घन्टा भित्र पाँच जनालाइ नियन्त्रणमा लिन सफल भएकाछन । आरोपितहरुलाइ खोजतलाश गर्दै जाने क्रममा भारत तिर भाग्दै जाने क्रममा भिस्वा सिक्टा नाकबाट प्रहरीले पक्राउ गरेकोहो । पक्राउ पर्नेहरूमा बिमनपा वडा न २४ रामगढवा बस्ने बर्ष १९को गौतम पटेल
बर्ष २० को सुभांकर चौरसिया , २२ को अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ को चन्दन चौरसिया , र १९ को अमन पटवा रहेको र निजहरु माथि ज्यान सम्बन्धि कसुरमा
अनुसन्धान भइरहेको पत्रकार सम्मेलन मार्फत उपरीक्षक पाठकले जानकारी दिए ।
