पर्सा २९ असोज / सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टको निर्देशनमा खटिएको टोलिले जिल्ला पर्सा वीरगंज म.न.पा.-१४ गण्डक चोक स्थित भारतबाट अबैध रुपमा भन्सार छली विभिन्न सवारी साधन तथा BR22N 1080 नं.मो.सा.मा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु २,९५१४५।-बराबरको सामान र मो.सा छाडी व्यक्ति भागि गएको हुँदा उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ साथै यस गण मातहत बि.ओ.पि अमरपटिबाट खटिएको टोलिले जि.पर्सा विन्दवासिनी गा.पा.-४ अमरपट्टी स्थित भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.२०,०००।- बराबरको कम्पयुटर मोनिटर समेत नियन्त्रणमा लिई आजै बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएँ ।
