सशस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलिद्वारा सुन,चाँदी बरामद ।




मिति २०८२।०६।२७ गते जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. ८ माईस्थान स्थित अभिषेक सर्राफको घरमा अबैध रुपमा भन्सार छलि सुन ल्याई गोदाम गरि राखेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलिद्वारा अभिषेक सरार्फको घरमा छापामारि गरि  सुन,चाँदी नियन्त्रणमा लिई सुन चाँदी ब्यबसायि संघ पर्सामा लगि मापन गर्दा सुन २२५४.८६ ग्राम,चाँदी १०३५४.०७ ग्राम,सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम र नगद नेपाली रु.१,०९,०००।- भा.रु.४१,०६०।- बराबरको रकम सहित बरामद गरि आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया,बारामा लगिएको सशस्त्र प्रहरी बल न १३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएँ । साथै सुन चाँदी ब्यवासाय संघ पर्साले आपत्ति जनाउँदै भने , कुनै कसिमको अवैध समान नभैइ सम्पूर्ण वैध समानहरु हरेको र ग्राहकको बन्धकी राककेको समानहरु हुन । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?