सशस्त्र प्रहरीले भन्सार छलीको सामान समात्यो

वीरगंज, ३ असोज ।
सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी ल्याइएका सामानसहित एक अटो नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक  पुरूषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोलीले वीरगंज महानगरपालिका–१६, गण्डक इलाकाबाट ना.२ ह.४२७७ नम्बरको अटोमा लुकाइछिपाई राखिएका कपडा, किराना तथा कस्मेटिक सामग्रीहरू चेकजाँचका क्रममा बरामद गरेको हो । उक्त सामानहरूको अनुमानित मूल्य करिब रू. ९० हजार रहेको जनाइएको छ। अटो सहित कुल मूल्य करिब रू. ३ लाख ९० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनास्थलबाट अटो चालक फरार भएका तथा बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?