पर्सा ०५ असोज / सुन्धारा कारागारबाट मिति २०८२भदौ ,२४ गते भागेका कैदी जवरजस्ती करणी मुद्दाका कैद भुक्तान गरिरहेका जिल्ला रुकुम पूर्वी भाग पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० बाछिगाउँ बस्ने वर्ष ४२ को बिर्छलाल कामीलाई मिति २०८२।०६।०४ गते निजकै घरबाट पक्राउ गरिएको र सोहि आन्दोलन पश्चात २४ गते नै रुकुम पश्चिम कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी जिल्ला रुकुम (पूर्वी भाग) सिस्ने गा.पा.वडा नं.६ आला बस्ने वर्ष २८ को नारायण श्रेष्ठलाइ मिति २०८२।०६।०४ गते निजको ससुराली घरमा लुकिछिपि रहेको अवस्थामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई बाँकी रहेको कैद भुक्तानको लागि दुबै जना कैदीहरुलाई आज मिति २०८२।०६।०५ गते कारागार कार्यालय रुकुम पश्चिम पठाइएको ।
त्यसैगरी, देशभरको कारागार कार्यालयबाट भागिरहेका कैदीहरुलाई देशकै जुनसुकै स्थानमा लुकिछिपि बस्ने सक्ने हुँदा त्यस्ता कैदीहरुको सुक्ष्म रुपमा निगरानी तथा खोजतलाश जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)का सूचना अधिकारी प्र.नि. लाल बहादुर बि.क. ले जानकारी दिनुभयो ।
