जेन - जीको आन्दोलनबाट सडकमा रहेको ढुङा र नेपाल दुरसचारको जलेको गाडि लाइ नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरू हटाउन्दै ।

  पर्सा २५ भदौ,/ । मंगलबार जेन–जी आन्दोलनको क्रममा वीरगञ्जको प्रमुख चोक घण्टाघरमा आगजनी गरिएको नेपाल टेलिकमको सेवा गाडी सडकबाट हटाउने कार्य सुरु गरिएको छ।

घटनास्थलमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरू खटिएर जलेको गाडी हटाउन सहयोग गरिरहेका छन्। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले टेलिकमको गाडीमा आगो लगाएका थिए ।


सुरक्षाकर्मीको सहयोगमा रेडक्रस स्वयंसेवकहरूले गाडी सडकबाट हटाउँदै सार्वजनिक आवागमन सहज बनाउन काम गरिरहेका छन्। घटनाले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनुका साथै टेलिकम सेवा प्रभावित भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।








भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?