बिरगंज कारागारमा कैदि र सुरक्षाकर्मी बिच झडप, स्तिथी तनावग्रस्त ।

 पर्सा २५ भदौ, वीरगञ्ज / । वीरगञ्ज कारागार आज बिहानदेखि तनावग्रस्त बनेको छ। गएराति करिब ११ बजेदेखि कैदीहरू उम्किन खोजेपछि सुरक्षाकर्मी र कैदीबीच स्थिति नियन्त्रणबाहिर जान थालेको हो ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली रातिदेखि नै कारागार वरिपरि तैनाथ भएको छ। आज बिहान स्थिति थप जटिल भएपछि सुरक्षाकर्मीहरूले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेका छन् ।


भित्र रहेका कैदीहरूले भने सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्दै प्रतिरोध गरिरहेका छन्। कैदीहरूको समूहगत प्रयासलाई रोक्न सुरक्षाकर्मीले कारागार परिसर वरिपरि सुरक्षा घेराबन्दी कडा बनाएका छन् ।


सुरक्षा निकायले घटनालाई नियन्त्रणमा लिन प्रयासरत रहेको र स्थानीय बासिन्दालाई कारागार क्षेत्र नजिक नजान आग्रह गरेको छ ।



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?