सशस्त्र प्रहरी बल बाराले भारतबाट अवैध तरिकाले ल्याउन्दै गरेका ५ लाख बराबरको अवैध समान बरामद गरे ।








पर्सा ०७ असोज / चाडपर्वको मौकाछोपी भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याउन्दै गरेका ५ लाख बराबरको अवैध समानहरु सशस्त्र प्रहरी बल बाराको टोलिले बरामद गरेकाछन ।

वि.ओ.पि. गोलागंजले सिम्रौनगढ ७ कवलपुर सीमा क्षेत्रवाट मो.सा.समेत अवैध अौषधि र हार्डवेयर सामान रू १,६५०००/ बराबरको बरामद गरेको ।प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातिकोटोलीले रू ५२००० बराबरको किराना आईटम बरामद गरेको ।सुरक्षा वेश बरियारपुरको टोलीले हर्नैया र पसाहा चोकवाट रू १६०००० मुल्य बराबरको किराना आईटम बरामद गरेको ।प्रस्तावित सीमा सुरक्षा गुल्म मटेर्वाको टोलीले कलैया १० मटेर्वा सीमा क्षेत्रवाट रू २१००० मुल्य बराबरको टेम्पर ग्लास बरामद गरेको र विश्रापपुर गा.पा-०३ सीमा ईलाकावाट बि.ओ.पि.बरैनियाको टोलीले अबैधरुपमा भारतबाट मो.सा.को प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको  अन्दाजी मुल्य रु. २५,०००/-बराबरको झिगे माछा र मो.सा.को अन्दाजी मुल्य रु.८०,०००/- गरि जम्मा अन्दाजी मुल्य रु.१,०५,०००/- बराबरको झिगे माछा र मो.सा. बरामद गरेको छ । बरामद गरिएका मोसा सहितको समानहरु आवस्यक कार्वाहीको लागि

बिरंगज भन्सार बुझाएको र माछा पशु क्वारेन्टाइन , स्थानीय र पत्रकारको रोहबरमा खाल्डापुरी नस्ट गरिएको सशस्त्र प्रहरी बल बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?