सशस्त्र प्रहरी बल बारा द्वारा सिमा नाकाहरुमा कडाइ ५ लाख बराबरको अवैध समानहरु बरामद ।

 


पर्सा ०६ असोज / सशस्त्र प्रहरी बल बाराले सिमानाका 

हरुमा कडाइको निगरानी बढाएकाछन । चाडपर्वको मौका छोपी सिमानाकाहरुबाट हुने अवैध चोरी निकासी 

तस्करी जस्ता क्रीयाकलाप रोकथामको निम्ति बाराका युनिटहरुले कडाइको साथ निगरानी बढाएका सशस्त्र प्रहरीले  जानकारी दिए । साथै बाराका विभिन्न युनिटहरुले भारतबाट अवैध तरिकाले खुल्ला सिमानाका फाइदा उठाउन्दै नेपाल तर्फ ल्याउन्दै गरेका 

अवस्था ५ लाख बराबरको अवैध समानहरु बरामद गरेकाछन । बिओपि बरैनिया बाराबाट सशस्त्र प्रहरी निरिक्षक संदिप केसिको कमाण्ड खटिएका टोलिले सिमानाकाको मुसहर्वा बडा न ३ को एरियाबाट १ लाख ५० हजार बराबरको लेडिज आईटम बरामद गरेकोछ ।

प्रस्तावित सिमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धन ब रानाको कमाण्ड खटिएको टोलिले ७५ हजार बराबरको राउटर बरामद गरेकाछन ।जितपुर सुरक्षा वेशले विरगंज पथलैया सडक खण्डवाट रू १ लाख मुल्य बराबरको लेडिज आईटम बरामद गरेको ।

जिल्ला सुरक्षा वेश कलैयाको टोलीले कलैया ३ वाट रू ७५ हजार मुल्य बराबरको किराना तथा लेडिज आईटम बरामद गरेको । न १२ गणवाट खटिई गएको मोबाईल टोलीले कोल्वि न.पा. १ कोल्वि बजार एरियावाट १ लाख मुल्य बराबरको किराना आईटम बरामद गरेको ।

बरामद गरिएका समानहरु आवश्यक कार्वाहीको लागि 

भन्सार कार्यालय बिरगंज दाखिलागरेको सशस्त्र प्रहरी बल न १२गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?