पर्सा ०३ भदौ / सशस्त्र प्रहरी बल नेपाल बाराले तीन लाख बराबरको मोसा सहित भन्सार छलि ल्याइएका
अवैध समान बरामद गरि भन्सार दाखिला गरेकाछन ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वा
को गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खटिवडाको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध तरिकाले भन्सार छलिमटिअर्वा सिमा नाका इलाकाबाट ल्याउन्दै गरेको अवस्थामा १,३५,७००/ बराबरको चिनि तथा किराना समानहरु टोलिले बरामद गरेकाथिए । साथै जितपुर स्थित सुरक्षा वेशले विरगञ्ज पथलैया सडकखण्डको नितनपुरमा यात्रुवाहक बसको डिक्किवाट १४५००० मुल्य बराबरको लेडिज आईटम बरामद गरेको , र निजगढ स्थित विपद व्यवस्थापन सुरक्षा वेशले
निजगढ ८ बकैया पुलमा रौतहटवाट हेटौडा तर्फ जाँदै गरेकोयात्रुवाहक बसको डिक्किवाट ६०००० मुल्य बराबरको रेडिमेट कपडाहरु बरामद गरेकाछन । बरामद गरिएका मोसा सहितको समानहरुको ३ लाख २५ हजार मुल्यांकन गरि भन्सार कार्यालय बिरगंज दाखिला
गरेको सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर केसिले जानकारी दिएँ ।

