सशस्त्र प्रहरी बल बाराले मोसा सहित ५ लाख बराबरको लत्ताकपडा , लगाएत अवैध समानहरु बरामद गरे ।

भरत सरार्फ

पर्सा २२ श्रावण /  सशस्त्र प्रहरी बल बाराले जिल्ला को




विभिन्न सिमा इलाकहरुबाट मोसा समेत ५ लाख बराबरको लत्ताकपडा , किराना , समानहरु बरामद गरेकाछन । वि ओ पि सनफुलवाको टोलिले सुवर्णपुर ७ चौराहा सीमा क्षेत्रवाट  १,८३,३८०/ बराबरको  किराना तथा लेडिज समानहरु बरामद गरेको । वि.ओ.पि. गोलागञ्जको टोलीले सिम्रौनगढ ९ पिठुवाघाट सीमा क्षेत्रवाट १,१९,३०० /बराबरको लेडिज  समानहरु बरामद गरेको । ⁠जितपुर वेशको टोलिले विरगञ्ज पथलैया सडक खण्डको लल्कापुलवाट १,३०,००० /बराबरको लेडिज आईटम बरामद गरेको । ⁠सुरक्षा वेश कलैयाले ६७,५००/ बराबरको किराना आईटम बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?