पर्सा ०१ भदौ / सशस्त्र प्रहरी बल नेपाल बाराले आफ्नो अभियानलाइ निरंतरता दिन्दै फेरी अवैध कारोवारी बिरुद्ध कडा अभियान प्रस्तुत गरि सिमा नाकाको विभिन्न इलाकाहरुबाट ४ लाख बराबरको अवैध समानहरु बरामद गरेकाछन सशस्त्र प्रहरी बल बाराले अं. ११:०५ बजे पचरौता न.पा ०२ श्रीनगर वैरिया गाउँ स्थित सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीबाट स.प्र.ना.उ. राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको गाडी मोवाईल टोलीले मो.सा. समेत मुल्य रु २,४५,५००।– बराबरको चिनि र सरफ बरामद गरेको ।
साथै अं. १२:२० बजे सिम्रौनगढ न.पा-६ अमरपुर सीमा इलाकामा बि.ओ.पि.गोलागन्जबाट सप्रनि ईश्वर कार्कीको कमाण्डमा खटिएको ०५ जनाको टोलिले अ.मुल्य रु. ७४,३००।- बराबरको कुर्ता, गम्छा र साडी बरामद गरी बिओपी गोलागंजमा ल्याइ राखिएको।
अं. ०८:३० बजे बिश्रामपुर गा.पा.-१ बटम चोकमा एफ.ओ.बि छतवाबाट सप्रनानि गणेश गिरीको कमाण्डमा खटिगएको मो.सा. गस्ति टोलीले अं. मुल्य रु ५१,०००।– बराबरको मोवाईलको पार्टसहरु बरामद गोरेको ।. कलैया ५ दुर्गा स्कुल नजिकैवाट ३५०००/ मुल्यको चिनि तथा मैदा बरामद गरेकोछ । बरामद गरिएका समानहरु भन्सार कार्यालय बिरगंज बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिले जानकारी दिएँ ।

