जनमत पार्टीद्वारा झौवामा बोरिङ जडान

वीरगंज, १६ साउन ।
जनमत पार्टी पर्साले बिन्दवासिनी गाउँपालिका वडा नम्बर –३ झौवामा  बोरिङ जडान गरेको छ ।
मधेस प्रदेश सरकारबाट प्राप्त पावरड्रील बोरिड्ढो जडानको उदघाटन जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले गरेका छन् ।
उनले बोरिङद्वारा करिब २०० बिघा खेतमा सिंचाइ हुने बताए । खडेरी परेको बेला बोरिङबाट यहाँका किसानहरु लाभान्वित हुने बताए ।
अध्यक्ष सरार्पmले जनमत पार्टी किसान आन्दोलनको जगमा स्थापित भएकोले सदैव किसानको हकमा काम गरिरहेको बताए ।
कार्यक्रममा जनमतका केन्द्रिय सदस्य अनिता रौनियार, सन्तोष साह, प्रदेश सदस्य राजनरायण मिश्रालगायतको सहभागिता थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?