सशस्त्र प्रहरी बल बाराको लगातार एक्सन , ८ लाख बराबरको मोसा सहित अवैध समान बरामद ।

भरत सरार्फ
पर्सा १६ श्रावण / सशस्त्र प्रहरी बल बाराको निरन्तर एक्सनको कारण सिमा नाकाहरु बाट अवैध काम गर्ने हरुमा हडकंम्प मचेकाछन । सशस्त्र प्रहरी बल न१२ गण हे क्वा बाराका गणपति खुम बहादुर केसीले आफ्ना मातहत माथि आफै निगरानी बढाएको र कमाण्ड हरुलाइ कडा निर्देशन दिए अनुसार सिमा नाकाहरु बाट अवैध कार्य गर्नेहरुको निंद उडेको नाम नबताउने शर्तमा एक कारोबारीले बताए । सोही क्रममा आज बिहान पचरौता ७ बेनौलीबाट मोसा सहित कम्प्युटर पार्ट , ⁠बिश्रामपुर गा.पा. घोडासन, बलिरामपुर, मुसर्वा सीमा क्षेत्रवाट जुत्ताचप्पल, तन्ना, लेडिज कुर्ता र ट्याक्टर पार्टस ,सिम्रौनगढ ६ अमरपुरवाट मोवाईल टेम्पर ग्लास लगाएत अ मु ८ लाख बराबरको अवैध समानहरु बरामद गरि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?