लागुऔषधसहित पर्साको धोरेबाट एकजना पक्राउ

वीरगंज, ११ साउन ।
जिल्ला प्रहरी कार्यालय, पर्साले पकहामैनपुर गाउँपालिका वडा नं. १  धोरे सडकखण्डबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको  जनाएको   छ ।
पकाहामैनपुर गापाको वडा नं. २ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनीले बोकेको  झोलाबाट नुफिन, डाइजेपाम र फेनारगन ४५० एम्पुल बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरी चौकी धोरेको नियमित चेकिङ टोलीले झोलामा  आलु र प्याज मा   लुकाइएको अवस्थामा  लागूऔषध फेला परेपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा पठाएको र पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?