भरत सरार्फ
पर्सा ११ श्रवण / सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी ) बरैनिया बाराले भारतबाट अवैध तरिकाले ईलेक्ट्रिक रिक्सामा लोड गरि नेपाल तर्फ ल्यादै गरेका रिक्सा समेत कपडा पक्राउ गरेकाछन ।
विशेष सुचनाको अधारमा बिओपि बरैनियाबाट बिओपीपति सशस्त्र प्रहरी निरिक्षक हरि प्रसाद रिमालको कमाण्ड खटिएको टोलिले राति अ १:३५ बजेको समयमा भारतबाट प्र २-०३-००११ स४२६९ न को ईलेक्ट्रिक रिक्सामा लोड गरि विश्रामपुर गापाको ३ मुसहर्वा हुन्दै गापाको कार्यालय पछाडिबाट लैजान्दै गरेको अवस्थामा पक्राउ गरेकाथिए । पक्राउ गरेका उक्त इ रिक्सामा ८ पोका विभिन्न किसिमको रेडिमेड कपडाहरु अ मु ६, लाख १० हजार बराबरको र इ रिक्सा समेत ८ लाख मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराको गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।
सशस्त्र प्रहरी बल नेपाल , बर्डर आउट पोस्ट बरैनिया बाराले आठ लाख बराबरको भन्सार छलिएका अवैध समान पक्रे ।
byभरत सर्राफ
•
•
2 min read
0

