१३३ किलो गाँजा बरामद, कार चालक फरार

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग३च ६७९६ कारलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हाँकेर भाग्ने प्रयास गरेको थियो ।
इलाका प्रहरी कार्यालय गरूडाको टोलीले मंगलवार बिहान उक्त गाडी गरूडा नगरपालिका–५ को झाझ खोला नजिक करिब २० फिट गहिरो खेतबाट बरामद गरेको छ भने चालक उखुवारी हुँदै फरार भएका छन् ।
प्रहरीले क्रेनको सहायताले रातो रड्ढो ब्रेजा कारलाई खेतबाट निकालेको छ । कार चेकजाँचको क्रममा १३३ किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीले बताए ।  उनले गाँजाको तस्करीवारे गहन अनुसन्धान भइरहेको जनाएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?