वीरगंजमा मिनरल वाटरको कालोबजारी

वीरगंज, २९ असार । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजको मुख्य स्थान बसपार्कमा खानेपानीको कालोबजारी शुरु भएको छ ।
 
वीरगंज महानगरपालिकामा खानेपानीको हाहाकार भएको मौका छोप्दै मिनरल वाटर बिक्रेताहरुले मनपरी ढंगले रु २५ देखि ३० रुपैयाँ सम्म लिने गरेका छन् ।
 
वीरगंज बसपार्कबाट नेपालको अधिकांश ठाउँमा बस सेवा सञ्चालनमा छ । बसपार्कमा दिनहुँ हजारौं यात्रीहरु ओहरदोहर हुने गरेको छ । केही वर्ष पहिले वीरगंज बसपार्कमा खानेपानीको लागि चापाकल भए पनि हाल त्यो सुकेको छ । वीरगंज बसपार्कमा सार्वजनिक खानेपानीको व्यवस्था नहुँदा यात्रीहरुलाई निकै अप्ठेरो हुने गरेको छ ।
 
बसपार्क क्षेत्रभित्र रहेका पसलेहरुले मिनरल वाटरको रु ३० सम्म लिने गरेका छन् । रु १२ मूल्यमा किनेर व्यापारीहरुले सो मिनरटल वाटर पानीको हाहाकार भएको मौका छोपेर रु ३० सम्म बिक्री गरिरहेको स्थानीय विकास सिंहले गुनासो गरेका छन् ।
 
खानेपानीको हाहाकार भइरहेको मौका छोपेर मिनरल वाटरको मूल्य बढाउनेहरुमाथि सरोकारवाला निकाय, वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालयले कारबाही शुरु गर्नुपर्ने सिंहले बताए ।
स्थानीय बस व्यवसायी, यातायातकर्मी  तथा यात्रीहरुलाई पनि हाल सो क्ष्Fेत्रमा सार्वजनिक खानेपानी (चापाकल) नहुंदा निकै समस्या हुने गरेको गुनासो गरेका छन् ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?