पर्सा १५ अषाढ / सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु. गुल्म बीरगञ्जबाट खटीएको टोलिले सनिबार वी.म.न.पा.-१६ ईनर्वा स्थित सीमा नाकाबाट बोरामा प्याक गरी अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गरि लादै गरेको अवस्थामा रु. ५,०८,०००।- बरावरको तामाको माने र उक्त कार्यमा प्रयोग भएको E-LOADER सहित नियन्त्रणमा लिई मिति २०८२।०३।१५ गते आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
साथै सोही मितिमा सोही गुल्मबाट खटिएको अर्को टोलिले बि.म.न.पा. -१६ स्थित भन्सार क्षेत्रबाट रक्सौलबाट बिरगंजतर्फ आउदै गरेको मो.सा.को बिभिन्न भागमा अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा रु.४,६७,०००।- बरावरको मोवाईल पार्टस र उक्त कार्यमा प्रयोग भएको मो.सा.सहित नियन्त्रणमा लिई मिति २०८२।०३।१५ गते आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
मिति २०८२/०३/१५ गते सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म अलौबाट खटिगएको टोलिले बिन्दवासिनी गा.पा-४ झौवा चोकबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको रु १,९१,६९०/- बराबरको मो.सा.सहित किराना समान नियन्त्रणमा लिई आजै आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
सशस्त्र प्रहरी बल पर्साद्वारा E-LOADER सहित रु.११,६६,६९०।- बराबरको सामानहरु भन्सार दाखिला
byभरत सर्राफ
•
•
2 min read
0


