भरत सरार्फ
पर्सा १३ अषाढ / सशस्त्र प्रहरी बल बाराले जिल्लाका विभिन्न इलाकाहरुबाट ५ लाख ११ हजार ४०० बराबरको अवैध समानहरु बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराबाट खटिएको टोलिले
जितपुर सिमरा ७ वाट २३६००० मुल्य बराबरको कपडा, लेडिज सुरूवाल कुर्ता र हुक्का मिन्ट बरामद गरे कलैया उमनपा १० मटेर्वावाट २४०५०० मुल्य बराबरको लेडिज आईटम बरामद , गरि भन्सार कार्यालय बिरगंज दाखिला गरेकाछन । साथै कोल्वि ६ प्रसौनामा सिसौ को गोलिया ३४००० मुल्य बराबरको बरामद गरि डिभिजन वन कार्यालय सिमरा दाखिला गरेका सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।
Tags:
फिचर

