सशस्त्र प्रहरी बल पर्साद्वारा ६,३९,६००।- बराबरको सामान भन्सार दाखिला

भरत सरार्फ पर्सा १३ अषाढ / सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले वी.म.न.पा.-१ स्थित छप्कैयाबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा मुल्य रु.३,४०,८००। - बराबरको कपडा र छोकडा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । त्यसैगरी आजकै मितिमा सशस्त्र प्रहरी बल,नेपाल बि.‌ओ.पि. सिर्सियाबाट खटिएको टोलिले जि.पर्सा बी.म.न.पा. ३ छपकैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको रु २,४२,०००।- बराबरको छालाको जुत्ता र उक्त कार्यमा प्रयोग भएको मो.सा.समेत नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
साथै आजकै मितिमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्र.सी.सु.गुल्म वीरगञ्जबाट र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वी.म.न.पा.-१६ नगुवा नयाँ बस्ति स्थित शिवम टोलमा रहेको रोहित प्रसाद कानुको घरमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ऐ.ऐ.नगुवा बस्ने भोला साह तेलीले ग्राउण्ड फ्लोअरको कोठामा अवैध रुपमा भण्डारण गरी राखेको रु. ५६,८००।- बराबरको चिनि, पुरानो बोरा सिलाउने मेसिन, पुरानो डिजिटल मेसिन बरामद गरी आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?