सशस्त्र प्रहरी बल पर्साद्वारा ४ लाख बराबरको चक्लेट भन्सार दाखिला

भरत सरार्फ
पर्सा २३ जेठ / सशस्त्र प्रहरी बलले जिल्ला पर्सा, बी.म.न.पा., वडा नं. ८, गहवाटोल स्थित मुन्ना हवारीले संचालन गरेको गाई गोठमा बिभिन्न प्रकारको चक्लेट बेवारिसे अवस्थामा भण्डारण गरी राखेको छ भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म बीरगञ्जबाट खटिएको टोली र बीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट भन्सार छली अवैध रुपमा भित्र्याएर भण्डारण गरि राखेको अवस्थामा भन्सार मूल्य रु.४,००,८००।- बराबरको बिभिन्न प्रकारको चक्लेटहरु, खजुर र स्प्रे पेन्ट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?