सशस्त्र प्रहरी बल पर्साद्वारा १३,७१,९८०।- बराबरको अवैध सामान भन्सार दाखिला ।

भरत सरार्फ
पर्सा २७ जेठ / सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म वीरगञ्जबाट खटीएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट खटएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा वीरगञ्ज म.न.पा.-१० बजरंगटोल स्थित सुधा कुञ्ज लेखिएको ३ तले पक्की घरको ग्राउण्ड फ्लोअरमा भाडामा लिई धिरज रौनियारले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई गोदाम गरी भण्डारण गरी राखेको अवस्थामा मूल्य रु.७,७०,५००।- बरावरको कपडाहरु तथा BR05U4530 नम्बरको SUPER SPLENDOR भारतीय मोटरसाईकल भेटाएको हुँदा उक्त मो.सा.को रु.१,५०,०००।- मुल्याङ्कन गरी कपडा सहित मो.सा. नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ । सोही गुल्मले वीरगञ्ज म.न.पा.-१० तथा १६ स्थित बिभिन्न सीमा नाकाहरुबाट रु. २,४८,१००।- बरावरको कपडाहरु र मसलाहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ । साथै सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनि गा.पा.-०५ स्थित प्रसौनिबाट भारतबाट अबैध रुपमा भन्सार छलि BR 22 T1432 नम्बरको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. २३,३८०।- बराबरको किराना सामान सहित मो.सा. नियन्त्रणमा लिई उक्त मो.सा.को रु.१,८०,०००।- मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?